FLASH NEWS

दक्षिणकालीमा महिला र पुरुषको शव फेला


नेपाल आवाज २४ जेष्ठ २०८१, बिहीबार १२:३१ मा प्रकाशित ५८९ पाठक संख्या

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा २ जनाको शव फेला परेको छ । केराबारीस्थित भिरमा एक महिला र एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।


प्रहरीका अनुसार  घटनास्थलमा पल्सर मोटरसाइकल पनि फेला परेको थियो । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोलीले शव निकालेको हो । बुधबार बेलुका  स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।