FLASH NEWS

ठूलो परिमाणमा भारतीय कुखुरा चल्ला नष्ट, लाखौंको सामान बरामद


नेपाल आवाज २८ जेष्ठ २०८१, सोमबार ०७:१६ मा प्रकाशित ५२३ पाठक संख्या

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट संगै मातहतका बिभिन्न युनिटहरुले ठूलो परिमाणमा प्रतिबंधित भारतीय कुखुरा र चल्ला बरामद गरी नष्ट गर्नुका साथै लाखौं बराबरको सामान बरामद गरेको छ ।


जेठ महिनाको १ गतेदेखि २६ गतेसम्म जिल्लाको बिभीन्न नाका हुँदै तस्करहरुले भारतबाट अबैध रुपमा भित्र्याएको पाँचलाख ४३हजार ९३७ रुपैया बराबरको ३४३ थान कुखुरा र १४ सय चल्ला बरामद गरेको थियो ।

बरामद कुखुरा र चल्ला जिल्ला प्रहरी कार्यालय तथा बिभिन्न युनिटको हाताभित्र खाल्डो खनी पुरेर नष्ट, गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।

त्यसैगरी भारतीय बजारबाट भन्सार छली अबैध रुपमा भित्र्याएको एकलाख २९ हजार ४५१ रुपैया बराबरको कपडा , किराना लगायतका सामाग्री बरामद गरी आवश्यक कारवाहीको लागि आज आईतवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले  जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

रौतहट प्रहरी प्रमुखको रूपमा एस्पी दिलीप घिमिरेले कमाण्ड सम्हाले पछी आपराधिक क्रियाकलापमा कमी आउनुका साथै भारतीय सामानको तस्करी समेत न्यून भएको देखिएको छ ।