FLASH NEWS

पृथ्वीभर तापक्रम बढ्नुको नयाँ रहस्य यस्तो छ ।


नेपाल आवाज १ असार २०८१, शुक्रबार ०७:०१ मा प्रकाशित ११९५ पाठक संख्या

तापक्रम बढेको होइन! सापेक्षित आद्रता घटेर हप्प भएको ले बढि गर्मी महसुश भएको मात्र हो।


लेखक : सुरज हमाल

काठमाण्डौंको किर्तिपुर, जलवायु अनुसन्धानस्थल आसपासको तापक्रम १०-१५ बर्ष अगाडि र अहिले ०.५° देखि १° सम्म बढी या घटी हुन सक्छ। तर, वास्तवमै तापक्रम नाप्ने भने काठमाण्डौंकै भत्केपाटी माथीको जंगल, नागार्जुन जंगल, लाँकुरी भञ्ज्याङको पाखा, गोदावरी जंगल, सुन्दरिजल मुहानको तापक्रम करिब स्थिर नै हुन्छ। गर्मी बढेको भन्ने पटक्कै सत्य होइन।

आखिर गर्मी किन बढी महशुस भयो त? के जंगल फँडानी यस्को मुख्य कारण हो त?

नेपाल लगायत पुर्वी एसियामा प्रशस्त मात्रामा बर्षात हुने कारण यहाँ जंगल अतिक्रमणलाई सन्तुलित गरियो भने बृक्षारोपणको पनि जरुरी पर्दैन। रुख बिरुवा आफैं उम्रीएर हुर्किन सक्छन।

१५ बर्ष अगाडि अधिकांश मानिसले खाना पकाउन दाउराको प्रयोग गर्ने गर्थे । तर, अहिले एल पि ग्याँस अनि विद्युतिय चुल्होको प्रयोग बढ्दो छ। जसको कारण बन फँडानीको दर न्यून भएको छ।
३०-३५ बर्ष पहिले उजाड देखीने डाँडाकाँडा अहिले हरियाली देख्न सकिन्छ।

भौतिक संरचनामा पनि आल्मुनियम तथा फलामद्वारा निर्मित सामान टिकाउ, मजबुत, आकर्षक, छिटो र सहज हुने हुनाले काठको प्रयोग घट्दो छ।

माटो, काठ, बाँस, खरको प्रयोग घट्दो छ भने सिमेन्ट, छड, फलाम, आल्मुनियम, जस्ताको प्रयोग बढ्दो छ।

यस्का फाइदा बेफाइदा दुई पाटा छन।
बि सं २०५० तिर देखि गाउँ-गाउँमा बायो ग्याँसको प्रयोग खातिर बिविध कार्यक्रमहरु संचालन गरियो। जस्को कारण बन फँडानी केही हद सम्म कम हुन पुग्यो।

बि सं २०६० साल मा राजा ज्ञानेन्द्र शाहले सबै सरकारी बनलाई सामुदायिक बन बनाएर स्थानियलाई नै संरक्षण र उपभोगको जिम्मा दिएपछी नेपाल मा जंगल संरक्षण को लहर चल्यो जुन आज सम्म पनि निकै फलदायी सावित भएको छ साथै जस्को कारण कार्वन उत्सर्जन कम गर्ने मामलामा नेपाल सकारात्मक बाटो मै छ।

अर्को पाटो; मान्छेले सुविधा र आकर्षण हेर्न थाले प्राकृतिक फाइदाको पाटोलाई रुढीबादी मान्न थाले।

हाल जलवायु परिवर्तनको प्रभाव नेपालमा मात्र होइन सारा संसार लाई नै परेको छ! त्यस्को मुख्य जिम्मेवार भनेका हाम्रा छिमेकी राष्ट्र चाइना र भारत लगायतका अत्याधिक औद्योगिकरण गर्ने देशहरु हुन जस्ले अत्याधिक मात्रामा कार्वन उत्सर्जन गर्छन।

यिनिहरुलाइ रोक्न कैयौं अन्तर्राष्ट्रिय संघ बने, नियम बनाए, कानुन बनाए तर बिकासशिल र शक्तिशाली राष्ट्र कहलिएका यिनिहरुले कहिलै अरु कसैको कुरै सुन्न तयार भएनन।

तापक्रम बृद्दिको महशुस सम्बन्धको अर्को पाटो हेर्दा अव्यवस्थित बजारिकरण, अत्याधिक कन्क्रीट भवन, अव्यवस्थित सहर अनि अत्याधिक कालोपत्रे सडक।

यो अवस्थामा सुर्यबाट आएको तापक्रम भुगर्भमा सहजै समाहित हुँदैन। कन्क्रीट, सिमेन्ट, कालोपत्रे लगायतका ठोस भौतिक संरचना हरुले सुर्यको तापक्रमलाई पचाएर भुगर्भसम्म पुग्ने बाटो रोक्नाले पर्यावरणीय आद्रता स्वत: घट्न पुग्यो र अत्याधिक गर्मीको महशुस भयो।

सुविधाको लागि अत्याधिक मात्रामा एसि, फ्रीज, कुलर मसिन लगायतका आधुनिक मेसिनबाट उत्सर्जित क्लोरोफ्लोरो कार्वन ग्याँस ओजोन तह बिनासको मुख्य कारक तत्व हो।

अत्याधिक मात्रा मा कार्वन उत्सर्जन गर्ने कलकारखाना, आणविक भट्टि, केमिकल कारखाना, प्लास्टिक सामाग्री निर्माण कारखाना लगायत बिविध उद्योगबाट दैनिक उत्सर्जित लाखौं टन कार्वनडाइडाक्साइड ग्याँस।

हाम्रो जस्तो देशबाट एक बर्षमा निस्किने बिकार र हानिकारक ग्याँस त शक्तिशाली देशहरुले परिक्षण गर्ने आणविक भट्टिले मिनेट भरमा उत्सर्जन गर्छन। ओजोनतहको बिनास गरेर सुर्यबाट आउने बिकिरण सिधा यो धर्तिमा प्रवेश गर्न भुमिका खेल्दै छन तर पनि यो बिषय मा आक्रामक प्रतिवाद गर्ने कोहि छैनन।

केही संघसंस्था छन तर सबै बिकाउ र निकम्मा छन।जलवायु परिवर्तन रोकेर पर्यावरणीय सन्तुलन कायम राख्न हरेक मानिस सजग हुनुको बिकल्प छैन।