FLASH NEWS

टी-२० विश्वकप जितेको भारतीय टिमलाई १२५ करोड पुरस्कार


नेपाल आवाज १८ असार २०८१, सोमबार १३:४८ मा प्रकाशित १६९ पाठक संख्या

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी-२० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा गरेको छ ।


बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिदै १२५ करोडको पुरस्कार राशीको घोषणा गरेका हुन् ।

भारतले शनिबार राति सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको थियो ।