हाम्रो समाजमा अझै पनि उचनिच, विभेद र छुवाछुत जस्ता सामाजिक अपराध कायम रहनु सभ्य समाज निर्माणका दृष्टिले एकदमै दुखद कुरा हो ।
२१ औंँ शताब्दीको मानिस चन्द्रमामा बस्ती बसाउने सपना देखिरहेको बेलामा पनि, नेपालको एउटा जनसंख्या छुवाछुत र विभेदका समस्या भोगिरहेको छ, दिनहु यसप्रकारका समस्यासँग जुधिरहेको छ ।
इतिहासको कालखण्ड एउटा अध्यारो युग जस्तो थियो। मानिसहरू शिक्षित थिएनन् । जसले जे भनिदिए पनि पत्याउने अवस्था थियो। त्यस अवस्थामा चरम अन्धविश्वासले समाजमा जरा गाड्यो । तत्कालीन शासकहरुले पनि छुवाछुत र विभेदलाई प्रश्रय दिने कानुन बनाएर व्यवहार गरिदिए। त्यो, त्यस समयको मानसिकताले उब्जाएको अवस्था र व्यवस्था थियो। आज हामी ती बाध्यतामा छैनौ । व्यवस्था त्यस्तै भएता पनि हामी बाध्यतामा छैनौ ।
प्रविधिको सहज पहुँचका कारण आजका मानिसहरूको ज्ञानको दायरा फराकिलो हुँदै गएको
छ । पुस्तकहरू प्राप्त हुन थालेका छन् । वैदिक शास्त्रमा वास्तवमै लेखिएको चाहिं के रहेछ भनी जिज्ञासा राख्ने मान्छेले, जिज्ञासा मेटाउने अवसर पाएका छन्। हामीले शास्त्रलाई नै समाजका सामुन्ने राखेर छुवाछुत र विभेद विरुद्ध अभियान चलाउन सक्ने सम्भावना बलियो
छ । यसको अधिकतम सदुपयोग गरेर, हामी सबैले मिलेर, समाजलाई हासै पिंढीमा विभेद र छुवाछुतमुक्त राष्ट्र बनाउनु पर्छ । हाम्रो संगठनले यो अभियान चलाइरहेको छ ।
लिच्छवीकालमा राजा सुपुष्पदेवका पालामा नेपालमा चार वर्णको कानून लागू भयो। लिच्छवीहरू भारतको वैशाली राज्यवाट उपत्यकामा आएका थिए । लिच्छवी भन्दा अघि उपत्यकामा किराँतीहरू शासन गर्दथे । किराँतकालीन नेपालमा वर्ण व्यवस्था र जातीय व्यवस्था थिएन ।
तर लिच्छवीले भारतमा कायम वर्ण व्यवस्थाकै आधारमा उपत्यकामा पनि शासन सुरु गरे । बुद्ध भन्दा अगाडि नै वैदिक समाजको वर्ण व्यवस्था विकृत भइसकेको थियो। कार्य र स्वभावका आधारमा तोकिने वर्ण व्यवस्थालाई जन्मजात ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र भइने जातीय व्यवस्था बनाइसकिएको थियो । लिच्छवीहरूले काठमाडौं उपत्यकामा राज्य गर्दा त्यही विकृत वर्ण व्यवस्था लागु गरे ।
त्यसपछि मल्लकाल आयो। मल्लहरूमध्येका चर्चित र सफल राजा जयस्थिति मल्लले वि.सं. १४३६ मा मानवन्यायशास्त्र नामको विधान निर्माण गरे। उनले यसै विधानका आधारमा राज्य चलाउने भए । यस विधानमा लेखिएका कुराहरू समाजले अनिवार्य मान्नुपर्ने र व्यवहार गर्नुपर्ने भयो । यस विधानले जातीय व्यवस्थालाई कामसंग जोड्यो र फलानो थरको मान्छेले फलानो काम मात्रै गर्नु, अन्य काम गरेमा सजाय दिइने आदेश जारी गरियो ।
नेपालको राजनीतिक इतिहासमा पहिलो पटक व्यवस्थित र लिखित कानून निर्माण गरेको जस जयस्थिनि मल्ललाई नै जान्छ र थरका आधारमा मानिसको कर्म र तह निर्धारण गरी छुवाछुतलाई मलजल गरेको दो पनि उनैलाई जान्छ । मानवन्यायशास्त्रको निर्माण (मिलावटी) मनुस्मृतिका आधारमा गरिएको थियो ।
नेपाल एकीकरणपछि सुरु भएको शाहकाल र राणा शासनमा पनि खुवाछुत र विभेदकारी व्यवस्था वयावत् रड्यो । वि.सं. २०२० सालमा तत्कालीन राजा श्री ५ महेन्द्र वीरविक्रम शाहले मुलुकी ऐनमा सुधार गर्दै छुवाछुत र विभेद हटाउने प्रयास गरे। वर्ग, जातजाति क्षेत्रका जनताको
सु-सम्बन्ध पनि बनाई राख्ने र सबैलाई कसुर अनुसारको सजाय गरिने व्यवस्था गरिएको
थियो ।
राजा महेन्द्रले जातीय छुवाछुत विरुद्धको कानुन ल्याएर विभेद हटाउने अभियान थालेको ६१ औं वर्ष नाघिसक्दा पनि यसको अन्त्य किन हुन सकेन। यो मुलुकी ऐनले के के हट्यो, के के हट्न सकेन, किन हट्न सकेन ।
१. मानिस किनबेच हुने हट्यो
२. बहुविवाह हट्यो
३. बालविवाह हट्यो
४. दास प्रथा हट्यो ।
५. छाउपडी प्रथा हट्यो ।
६. कमैया प्रथा हट्यो ।
७. तर जातीय विभेद र भेदभाव हटन सकेन ।
धेरैको कुप्रथा कुरीति कुसंस्कार हटे तर जातीय विभेद र छुवाछुत हटेन । यसको मुख्य कारण के होला ? हजुरहरुले नै मनन गरी बताइदिनुहोला ।
जातीय विभेद र छुवाछुत नहट्नुको कारण मेरो अनुभवमा राजनीतिक स्वार्थ हो। जातीय विभेद र छुवाछुत कायम रहेसम्म, यो मुद्धामा राजनीति गर्न पाइन्छ । समानुपातिकमा समावेस गर्छु भनी लोभलालच बाँढेर भोट बटुल्न पाइन्छ । अहिलेसम्म धेरै राजनीतिक दलहरूले यो समाजका समस्यालाई यसरी नै राजनीतिक एजेन्डा बनाउँदै, झुक्याउनुसम्म झुक्याएको होइन र ?
यदि समाजबाट जातीय विभेद र छुवाछुत हट्ने हो भने धेरै राजनीतिक दलको राजनीतिको एउटा एजेन्डा सकिनेछ । त्यसले गर्दा उनीहरूको भोट बैंकमा असर पुग्नेछ । यो कुरा बुझेको कारण उनीहरू यो समाजका मान्छेलाई झुटा आशा र सपना मात्रै बॉढ्ने काम गर्छन्। दश वर्षे सशस्त्र युद्धका बेला माओवादीको किल्ला मानिएका दुई जिल्ला रुकुम र जाजरकोटमा अहिले पनि जातीय विभेद यथावत् छ । माओवादीकै नेताहरूले जातीय भेदभाव र छुवाछुत गर्ने गरेका छन् । नवराज वि.क. हत्याकाण्ड माओवादीको किल्लामै भएको थियो
हामीले हाम्रो समाजलाई यी कुरा बुझाउन जरुरी छ। हामी अरू दलका कार्यकर्ताको कुरामा अल्झिन थाल्यौं भने हाम्रो प्रयास सफल हुने छैन। हामीले हाम्रा कुरा उनीहरूलाई बुझाउन सक्यौं भने मात्रै हामी हाम्रो
प्रयासमा सफल हुनेछौं । हामीले समूल रूपमा जातीय विभेद र छुवाछुत हटाउन चाहेको कुरा हामी सबैले प्रष्ट बुझ्नुपर्छ । त्यसका लागि धार्मिक र राजनीतिक प्रयासहरूलाई सँगसँगै लैजानुपर्छ ।
लोकतन्त्र र गणतन्त्रले यो समाजलाई साँच्चिकै दलित प्रमाणित गर्यो नि यो समाजलाई देखिने ठाउँमा कहाँ र कुन कुन मन्त्रालयमा समावेस गरे त ? समावेसी पाए त ? वडा सदस्य ६७४३ छन् । वडा सदस्य मात्रै तर कुनै पनि वडा सदस्यहरुलाई भेट्न जाँदा वडा सदस्यहरु कोहि बाबा गोठालो, कोहि मेलापात, कोहि घरमा हुन्छन् । वडामा उनीहरूको नाम मात्रै भेटिन्छ ।
हालै नयाँ सरकारको नयाँ मन्त्रीमण्डल गठन भयो तर त्यस मन्त्रीमण्डलमा एकजना पनि समावेस गर्न सकेनन् ।
यो अवस्था र व्यवस्था रहेसम्म उत्पीडित वर्गको उत्थान होला जस्तो लाग्दैन। त्यसैले हामीले संकल्प लिएर काम गर्नुपर्ने भएको छ । हामी सबैले मिलेर काम गर्यो भने यो अवस्था र व्यवस्था दुवैलाई बदल्न सक्छौ । प्रविधिको जमानामा छौं हामी। प्रविधिको पनि उच्चतम् प्रयोग गरेर समाजमा सन्देशहरू फैलाउन सक्छौं । हिजोको दिनमा प्रविधिको यो तहको विकास भइसकेको थिएन । त्यसैले समाजमा कतिपय सन्देशहरू पुऱ्याउन सहज र सजिलो थिएन । हिजोका मान्छेको मानसिकता पनि रुढीवादी थियो । आजका मान्छे तुलनात्मक रूपमा फराकिलो मानसिकताका हुँदै गइरहेका छन् । आज तपाईं हामीलाई काम गर्न सजिलो छ । यसको अधिकतम् सदुपयोग गरौं ।
धन्यवाद ।