FLASH NEWS

एकातिर राप्रपा / अर्कोतर्फ डा जगमान ! राजावादी आन्दोलन तितरवितर पार्न राज्य सफल


नेपाल आवाज २१ चैत्र २०८१, शुक्रबार १७:५० मा प्रकाशित ४४७१ पाठक संख्या

काठमाण्डौ। १५ गतेको राजावादी आन्दोलनले उग्र रुप लिएपछि त्यसदिन कमाण्डर तोकिएका नवराज सुवेदी नजरवन्दमा परे। उनि नजरवन्दमा परेपछि उनले नयाँ कमान्डर भनेर डा जगमान गुरुङ लाई नयाँ कमान्डर तोकेको पत्र थमाए। नयाँ कमान्डर तोकिएका डा जगमान गुरुङ एकातिर ५० – १०० जना बटुल्दै पदयात्रा गरिरहेका छन् भने १५ गते आन्दोलनमा सहभागी नभएका राप्रपा अधक्ष राजेन्द्र लिङ्ग्देन विभिन्न नारा राखी आन्दोलित छन्।


यहि क्रममा आज राप्रपाले एक बिरोध कार्यक्रम राखेको थियो। यो प्रदर्शनमा पनि केहि सयको संख्यामा सहभागिता देखिन्थ्यो। केहि दिन अघि पदयात्रा सुरु गरेका डा जगमानको पदयात्रामा त झन् १०० पुग्न पनि कठिन संख्यामा उपस्थिति देखिन्छ।

१५ गतेको घटना पश्चात विभिन्न राजावादी संगठनका नेतृत्व प्रहरी हिरासतमा छन् भने अन्य सर्वसाधारण बाहिर निक्लन डराईरहेका छन्। सायद त्यसैले होला राप्रपाले गरेको बिरोध प्रदर्शन र डा जगमान गुरुङको पदयात्रा दुबैतर्फ जनताको भिड देखिन्न। यसरि राज्यले चाहे अनुरुप राजावादी आन्दोलन तितरबितर पार्नको लागी राज्य आजसम्म सफल भएको मान्न सकिन्छ ।