FLASH NEWS

पोखरा कोटिहोममा नयाँ ट्विस्ट ! स्थानिय नै कोटिहोम हुनुपर्ने भन्दै उत्रिए


नेपाल आवाज ३ चैत्र २०८१, सोमबार ११:०९ मा प्रकाशित १६०९ पाठक संख्या

पोखरा । पोखरा कोटिहोमलाई पोखरा महानगरले हुन नदिने अडान दिइरहेको बेलामा पोखरामा एक पत्रकार सम्मेलन आयोजना भएको छ ।


उक्त पत्रकार सम्मेलन पोखरा वडा नम्बर ६ युवा परिषदले वडा नम्बर ६ कै वडा अधक्षकै उपस्थितिमा गरेको हो ।

महानगरले कार्यक्रम गर्न नदिने भनेपनि सोही ठाउँमा कार्यक्रम हुनुपर्ने भन्दै वडा नम्बर ६ को युवा परिषदले पत्रकार सम्मेलन नै गरेपछी महानगर दबाबमा आएको छ ।