FLASH NEWS

बालेन सिटि ( काठमाडौ ) ले रेकर्ड तोड्यो ! बिश्वको प्रदुषित शहरमा दिल्ली र काठमाडौको भिडन्त


नेपाल आवाज १९ चैत्र २०८१, बुधबार १२:०६ मा प्रकाशित १६२१ पाठक संख्या

काठमाडौ । पछिल्ला दिन काठमाडौंमा वायु प्रदूषणको स्तर उल्लेखनीय रूपमा उच्च भएको छ। वातावरण विभागका अनुसार, आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ, २०१ देखि ३०० बीचको मापनलाई वायु प्रदूषणको हिसाबले निकै अस्वस्थ मानिन्छ। ३०१ भन्दा माथि पुग्यो भने यो खतरनाक स्तरमा पुग्छ।


सोमबार र मंगलबार काठमाडौं लगातार संसारका प्रदूषित शहरहरूको सूचीमा शीर्ष स्थानमा रह्यो, र बुधबार वायु प्रदूषण अझ बढेको छ। यद्यपि, अहिले दिल्लीमा वायु प्रदूषण काठमाडौंभन्दा अझ उच्च रहेको छ, जसको कारण काठमाडौं दोस्रो प्रदूषित सहर बनेको छ।

वातावरण विभागका अधिकारीहरूले चेतावनी दिएका छन् , वायु प्रदूषणको उच्च स्तरले स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ, विशेषगरी स्वस्थ मान्छेलाई पनि श्वासप्रश्वासका समस्याहरु उत्पन्न गर्नसक्ने डर हुन्छ । यस अवस्थामा, नागरिकलाई सुरक्षित रहन, मास्क लगाउन र खुला स्थानमा लामो समयसम्म नबस्न बिज्ञहरुको सुझाव रहेको छ ।