काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज बैंककमा भेट भएको छ। अरु भेटभन्दा यो भेट अनौठो थियो।
सम्भवत यो भेट मोदिको पहिलो पटक हो , विना विदेशमन्त्री वा आफ्ना कुनै कर्मचारी मोदीले यसरि भेट दिए कुनै देशका राष्ट्रप्रमुखलाई।
यो भन्दा अघि उनले चीनका राष्ट्रपतिलाई त्यसरी भेट दिएको भनिएपनि त्यतिखेर पनि विदेशमन्त्री राखेर मात्र भेट दिएका थिए भन्ने रेकर्ड पाईन्छ ।
यहि बिचमा नेपालका प्रधानमन्त्री जो संग मोदी र भारतिय जनता दुवै चिढिएको अवस्था छ। उनलाई किन यसरि गोप्य भेट दिए ?? भेटमा के के कुरा भयो ?? भन्नेकुरा अहिलेसम्म बाहिरीईसकेको छैन।
तर , नेपाल आवाजको अथक मिहिनेत पश्चात गोप्य श्रोतबाट प्राप्त जानकारी जस्ताको त्यस्तै पहिलोपटक यहाँ उल्लेख गरिएको छ।
यसरी भयो गोप्य भेट !
ओली र मोदि भेटको लागि सुरुमा २० मिनेट समय छुट्याईयो। भेट अघि सुरुमा दुईको तस्बिर लिइयो , भिडियो बनाईयो तर त्यसअघि नै दुवै प्रधानमन्त्रीबिच विदेशमन्त्री वा परराष्ट्रमन्त्रि समेत नराख्ने सल्लाह भईसकेको थियो किनकि भेटका विषयहरु त्यस्तै प्रकृतिका थिए।
त्यसैले फोटो सेसन पश्चात संयुक्त भनेर राखिएका कुर्सीहरू सबै बाहिर निकालियो र २ वटा कुर्सि मात्र बाँकी राखियो। त्यहाँ अरु कोहि नहुने सम्पूर्ण परिस्थिति मिलेपछि बल्ल दुईजना बीच संयुक्त भेटघाट र कुराकानि चल्यो। भेटका लागि मोदिले ओलिलाई कुरिराखेको अवस्थामा ओलि भित्र छिरेका हुन् ।
परराष्ट्रमन्त्रि डा आरजु राणाप्रति ओली सशंकित
प्रधानमन्त्रि ओली , परराष्ट्रमन्त्रि डा आरजु राणा प्रति सशंकित बनेका थिए। उनको आशय वा आशंका थियो , कतै परराष्ट्रमन्त्रिले नै पो ओली र मोदी सम्वन्ध बिगार्न भूमिका त खेलिरहेकि छैनन् ?
यहि आशयका साथ दुई प्रधानमन्त्री बीच गोप्य भेट गर्ने प्रस्ताव ओलीले नै राखेका थिए र सोही प्रस्तावलााई मोदीले स्वीकारेर ओलीलाई भेट्न एक्लै कोठामा बसेका थिए । त्यसपछि मात्र ओलि कोठामा छिरेका थिए।
के-के भए गोप्य कुरा ?
मिडियामा आएका कुरा हामि सबैले सुनिसकेका छौं। तर नेपालमा त्यत्रो आन्दोलन , राजा र हिन्दुराष्ट्रको तयारिबारे यत्रो उच्च स्तरिय भेटमा कुनै कुरा भएन होला ? यस्तो जानकारी कतैबाट नआएको देख्दा सबैलाई चासो लागेकै थियो।
तर , समाचारमा नआएका कैयौं विषयमा पनि त्यहाँ चर्चा भएका छन्।
सुरुमै ओलीले प्रश्न राखेका थिए , ” नेपालको राजसंस्थाबारे मोदीको धारणा के छ ? ” जवाफमा मोदीले भने, “हामीलाई त्यता कुनै रहर छैन ”
त्यसपछि नेपाललाई हिन्दु गणराज्य बनाउनुपर्ने कुरामा बहस केन्द्रित भएपछि २० मिनेटको लागि भनेर छुट्टिएको समय ४० मिनेट पुग्यो र ओलीले सकेसम्म आफ्नै कार्यकालमा हिन्दु गणराज्यको प्रस्तावलाई अघि बढाउने संकल्प गरेपछि दुई नेताले खुशियाली साटासाट गर्दै ट्विट गरेर उक्त खुशियाली आफ्ना जनताबिच बाँडेका थिए ।
श्रोत : प्रस्तुत सूचना हामीलाई श्रोत गोप्य राख्ने शर्तमा कुनै उच्च श्रोतबाट प्राप्त भएको सूचना हो।
यो सूचनाको आधिकारिकता नेपाल आवाज डट कमले लिनेछ।