FLASH NEWS

द्रुतमार्ग अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु


नेपाल आवाज ४ जेष्ठ २०८१, शुक्रबार १९:३० मा प्रकाशित ९४९ पाठक संख्या

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रु भएको  छ ।


द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरु मध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको नेपाली सेनाले जानकारी दिएको छ ।