FLASH NEWS

रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश


नेपाल आवाज २ माघ २०८१, बुधबार १७:१६ मा प्रकाशित ८७१ पाठक संख्या

काठमाडौं – काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा ठगीको आरोपमा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय गरेका छन्।


सूर्यदर्शन सहकारीको ठगी घटनामा संलग्न भएको आरोपमा २०७९ को कार्तिक महिनाको २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि, ६५ लाख रुपैयाँ धरौटी बुझाएर पोखराबाट बिहीबार साँझ रिहा भएका थिए। स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित रकमको अपचलनसम्बन्धी मुद्दामा उनी प्रतिवादी बनेका थिए। उक्त सहकारीबाट ६९० सदस्यको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको आरोप छ।