FLASH NEWS

स्कर्पियो दुर्घटना, तीन जना घाइते


नेपाल आवाज २७ पुष २०७९, बुधबार ०७:३६ मा प्रकाशित २५३३ पाठक संख्या

सल्यानमा स्कर्पियो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको बाग्चौर नगरपालिका-२ बाग्चौरबाट थारमारे जाँदै गरेको लु३च ७८४ नम्बरको स्कर्पियो स्थानीय बसपार्क नजिकैको घुम्तीमा मंगलबार बेलुका ७:३० बजे दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा बाग्चौर नगरपालिका ४ सिमखोलीका २५ वर्षीय चालक दिपेन्द्र बस्नेत, थाराचौरका २३ वर्षीय प्रेम डाँगी र वडा नम्बर ९ कुइयापानीका २४ वर्षीय प्रभाकर ओली रहेका छन् । घाइते सबैको अहिले जनप्रिय पोलिक्लिनिक बाग्चौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।