FLASH NEWS

पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण कार्यक्रममा राष्ट्रपति (फोटो फिचर)


नेपाल आवाज २७ पुष २०७९, बुधबार १५:१४ मा प्रकाशित २०३५ पाठक संख्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार आयोजित सिंहदरवारको पश्चिम गेटअगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यर्पण कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी भएकी हुन् । सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति र संस्था, नेपाली सैनिकसहितको सहभागिता थियो ।