FLASH NEWS

तराईमा हुस्सु, अन्य क्षेत्रको मौसम कस्तो छ ?


नेपाल आवाज २९ पुष २०७९, शुक्रबार ०७:३८ मा प्रकाशित २९७७ पाठक संख्या

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु-कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।