FLASH NEWS

नेपाल भारत सिमा क्षेत्रमा गाेली चल्याे, भारतीयसहित तीन जना नियन्त्रणमा


नेपाल आवाज २९ पुष २०७९, शुक्रबार ०७:४२ मा प्रकाशित ३००७ पाठक संख्या

रुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा गाेली चलेकाे छ । बिहीबार राति करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा हवाइ फायर भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले पुष्टि गरे ।


जिल्ला प्रहरी कार्यालय अहिले तस्करी न्युनिकरण गर्न लागेकाे छ, तस्करीकाे सम्भावित क्षेत्रकाे रुपमा मानिने साे ठाउँ तस्करहरुले बर्चस्व देखाउनका लागि हवाई फायर गरेकाे अनुमान गरिएकाे छ ।

गाेलीकाे आवाज सुनिए पनि कसले किन चलायाे भन्ने खुल्न सकेकाे छैन, अनुसन्धानकाे काम जारि रहेकाे र मानवीय क्षति केही नभए पनि गाेलीकाे खाेका बरामद भएकाे प्रहरीले जनाएकाे छ । घटना स्थल नजिकैबाट प्रहरीले  भारतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । बढ्दाे हुस्सुकाे कारण घटना स्थलतर्फ प्रहरी साेचे अनुरुप अनुसन्धान गर्न सकेकाे छैन ।

केही दिन देखि प्रहरीले सीमामा तस्करी शून्य गर्न कडाई गरेकाे छ ।