FLASH NEWS

क्यालिफोर्नियाको आँधीमा ठूलो जनधनको क्षति


नेपाल आवाज ३० पुष २०७९, शनिबार ११:१४ मा प्रकाशित २५९३ पाठक संख्या

क्यालिफोर्निया—अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो । बाढीले  सडक भत्किएका र पोलहरु ढलेका छन् । आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ । त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ । आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै यहाँको राज्य सरकारले सावधानी दर्शाएको छ । सन् २०१८ को जनवरीमा आएको आँधीमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो ।