FLASH NEWS

विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक विदा


नेपाल आवाज १ माघ २०७९, आईतवार १५:१८ मा प्रकाशित ३४४५ पाठक संख्या

काठमाडौं । जहाज दुर्घटनाप्रति दुस्ख जनाउँदै सरकारले भोलि (सोमबार) राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सोमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । ‘मन्त्रिपरिषद बैठकले घटना प्रति गहिरो दुस्ख व्यक्त गरेको छ। भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ,’ उनले भने । सरकारले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।