FLASH NEWS

मनाइयो योग दिवस


नेपाल आवाज १ माघ २०७९, आईतवार १८:३९ मा प्रकाशित २८७५ पाठक संख्या

आठौं राष्ट्रिय योग दिवस अर्घाखाँचीमा पनि मनाइएको छ । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले योग साधकका साथ योग दिवस मनाएको हो ।


केन्द्रको हलमा दैनिक योग गर्ने योग साधकहरू का बीचमा दिवस मनाइएको केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्यले जानकारी दिए ।

दिवस समारोहमा योग साधक तथा नेपाल टेलिकम अर्घाखाँचीका प्रमुख गोविन्द पराजुली, युवा व्यवसायी तथा राजनीतिज्ञ हरिप्रसाद भुसाल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष समेत रहेका योग साधक अशोक खनाल लगायतको उपस्थिति रहेको थियो ।

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले कार्यालयको हलमा दैनिक योग कक्षा संचालन गर्दै आएको छ । योग कक्षामा उत्साहजनक रुपमा योग कर्मी सहभागी हुने गरेका छन् ।