FLASH NEWS

विमान दुर्घटनामा तीनजना अझै बेपत्ता


नेपाल आवाज २ माघ २०७९, सोमबार ०७:३० मा प्रकाशित १७४७ पाठक संख्या

आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना ६९ जनाले ज्यान गुमाएका छन् ।  यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार हाल सम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीन जनाको खोजी कार्य जारी छ ।  आइतबार काठमाडौं बाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जना सहित ७२ जना सवार थिए । ती मध्ये ६९ जना को शव फेला परेको भए पनि तीन जना को अझैँ बेपत्ता रहेका छन् ।