FLASH NEWS

तराईमा हुस्सु-कुहिरो, पहाडी भूभागमा हिमपात


नेपाल आवाज ३ माघ २०७९, मंगलवार ०८:०९ मा प्रकाशित १६७५ पाठक संख्या

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भेमा सामान्य बदली छ, भने तराईमा हुस्सु-कुहिरो रहेको छ ।


दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ ।

राति उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।