FLASH NEWS

शम्भुनाथका इन्जिनियर घुससहित पक्राउ


नेपाल आवाज ३ माघ २०७९, मंगलवार १९:४९ मा प्रकाशित २११३ पाठक संख्या

सप्तरीको शम्भुनाथ नगरपालिका इन्जिनियर रामचन्द्र शाह एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाहलाई सेवाग्राहीसँग घुस लिँदैगर्दा पक्राउ गरेको हो । इन्जिनियर साहलाई अख्तियारको टोलीले नगरपालिकाबाटै नियन्त्रणमा लिएको मेयर जितेन्द्र प्रसाद गुप्ताले जानकारी दिए । इन्जिनियर साहले विद्यालयमा भएको कामको भुक्तानीका लागि घुस लिएका थिए ।


स्वास्थ्यमन्त्री गिरीले गरे कान्ति बाल अस्पतालको अनुगमन: नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी कार्यभार सम्हालेलगत्तै सरकारी अस्पतालहरुको सेवा प्रवाह र सर्वसाधारणको समस्या सुन्न अनुगमनमा निस्किएका छन् । मंगलबार कार्यभार सम्हालेलगत्तै मन्त्री गिरी बालबालिकाको उपचार गर्ने सरकारी अस्पतालको उपचार सेवाबारे बुझ्न कान्ति बाल अस्पताल पुगेका हुन् ।

मन्त्री गिरीले अस्पतालको इमरजेन्सी, आईसीयू, पीआईसीयू, अंकोलोजीलगायतका वार्डको अवलोकन गरेका छन् । मन्त्री गिरीले बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालयको समेत अनुगमनपछि सरसफाइमा बिरामीका आफन्तको गुनासो आएको भन्दै सुधार्न निर्देशन दिए ।