आज: | Tue, 06, Jun, 2023
FLASH NEWS

जिप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी


नेपाल आवाज ८ माघ २०७९, आईतवार १६:०४ मा प्रकाशित १०९९ पाठक संख्या

सुर्खेत । आइतबार बिहान सुर्खेत को वीरेन्द्रनगर नगरपालिका–११ मा जिप दुर्घटनामा परी मृत्यु हुने चारै जना स्वास्थ्यकर्मी रहेको खुलेको छ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार मृत्यु भएकामा दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौ) दीपेन्द्रजंग शाही, दैलेख भगवती माई गाउँपालिकामा कार्यरत जन स्वास्थ्य निरीक्षक (छैटौं) बबिन शाही र दैलेख गुराँस गाउँपालिकामा कार्यरत जन स्वास्थ्य निरीक्षक (छैटौ) राजेन्द्र बिसी र फार्मेसी सञ्चालक वीरेन्द्रनगर–७ का २७ वर्षीय सागर शाही छन्।

पाँच जना सवार बागमती प्रदेश ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जिप शनिबार राति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रो खोला स्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो।