आज: | Thu, 29, Feb, 2024
FLASH NEWS

तस्बिरमा टुँडिखेलको सोनाम ल्होसारको उत्सव


नेपाल आवाज ८ माघ २०७९, आईतवार १६:१० मा प्रकाशित १८०७ पाठक संख्या

काठमाडौं । तामाङ समुदायले आइतबार सोनाम ल्होसार पर्व मनाइरहेका छन् । सोही क्रममा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली रहेको बताए ।  बालबालिकादेखि वृद्धवृद्धासमेत कार्यक्रममा सहभागी भएका थिए । तामाङसहित अन्य समुदाय व्यक्तिहरुले पनि तामाङको पोशाक लगाएर कार्यक्रममा सहभागी भएका देखिन्थे ।