FLASH NEWS

पोखरामा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु


नेपाल आवाज १२ माघ २०७९, बिहीबार ०८:४६ मा प्रकाशित २७१३ पाठक संख्या

पोखरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको  ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६३ वर्षीय नलप्रसाद लामिछानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।  ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा ट्र्याक्टरको पछाडिको भागले लामिछानेलाई च्यापेको थियो ।दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरीले लामिछानेलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।