FLASH NEWS

नागरिकता प्रमाणपत्र लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालयमा


नेपाल आवाज १५ माघ २०७९, आईतवार १२:५२ मा प्रकाशित २५१५ पाठक संख्या

काठमाडौं । रवि लामिछाने नेपाली नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।


अमेरिकाको नागरिकता त्यागेपछि पुन नेपाली नागरिकता नलिएको भन्दै सांसद तथा गृहमन्त्रीको पद गुमेसँगै उनी आइतबार पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै ाष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए ।

यसपछि आइतबार समर्थकसहित उनी पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् । प्रशासन परिसरमा अहिले उनका समर्थकको भिड लागेको छ ।