FLASH NEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बने फेरि रवि लामिछाने


नेपाल आवाज १५ माघ २०७९, आईतवार १८:५८ मा प्रकाशित १२०७ पाठक संख्या

काठमाडौं । अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रवि लामिछानेलाई सभापतिको जिम्मेवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेको छ ।


गत शुक्रबार सर्वाेच्च अदालतले पुनः प्रक्रिया पु¥याएर नेपाली नागरिकताको प्रमाणपत्र नलिएको भन्दै लामिछानेको सांसद र उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरे सँगै पार्टी सभापति बाट अगल भएका थिए ।

तर, आइतबार बिहान कार्यालय खुले सँगै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएका थिए । निस्सा बुझाएको केही समयमै उनले पुन नेपाली नागरिकताको प्रमाणपत्र लिए ।

यस पछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछाने लाई पार्टीको सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।