FLASH NEWS

युवतीमाथि क’रणी गरेको आरोपमा एक जना पक्राउ


नेपाल आवाज १५ माघ २०७९, आईतवार १९:३२ मा प्रकाशित १३५७ पाठक संख्या

एक युवतीलाई ज’बरजस्ती क’रणी गरेको आरोपमा रुकुमपश्चिमबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ज’बरजस्ती क’रणीको आरोपमा धादिङका २७ वर्षीय जनक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले मुसिकोट नगरपालिका-१ निवासी २२ वर्षीया एक युवतीलाई ज’बरजस्ती क’रणी गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको बताए ।   युवती माघ ११ गते राति ब’लात्कारमा परेकी थिइन् । अभियुक्त श्रेष्ठलाई रुकुमपश्चिम जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।