आज: | Tue, 06, Jun, 2023
FLASH NEWS

आज हरियो तरकारी र फलफूलको मुल्य कति ?


नेपाल आवाज १६ माघ २०७९, सोमबार ०९:११ मा प्रकाशित १२४९ पाठक संख्या

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज सोमबार  कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १५० रुपैयाँ, अदुवा ९०, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु २८ रुपैया, सेतो आलु र स्थानीय काउली २० रुपैयाँ, कागती ११० रुपैयाँ, किवि र अकबरे खुर्सानी ३०० रुपैयाँ कायम रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो ।

त्यस्तै, सोमबार लोकल गाजरको औसत मूल्य प्रतिकेजी १८ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल सानो गोलभेडा १० रुपैयाँ , राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ, कन्य च्याउ  १०० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ११० र हरियो धनिया ८० रुपैयाँ रहेको छ ।