FLASH NEWS

भूकम्पको हल्लाले कर्णालीवासी रातभर जाग्राम


नेपाल आवाज १६ माघ २०७९, सोमबार १२:३५ मा प्रकाशित १६५७ पाठक संख्या

कर्णालीमा भूकम्प आउने हल्ला फैलिए पछि आइतबार रातभर कर्णाली प्रदेशका  जुम्ला, मुगु, हुम्ला र बाजुराका बासिन्दा बाहिर बसेका छन्।


भूकम्पको हल्ला फैलिए पछि यहाँका स्थानीय घर छाडेर खेत बारी र सडक, विद्यालय चौरमा बस्न बाध्य भएका हुन् । भूकम्प आउँदै छ भन्ने हल्ला चले पछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका थिए ।

मुगु सदरमुकाम गमगढी वासी र आसपासका गाउँ चैन, ढुम, तुम, भामबाडा, छत्यालबाडा,  कार्कीबाडा थार्प, घट्टलेख, सोरु गाउँपालिका लगायत छायाँनाथ रारा नगरपालिकावासी भूकम्प आउने हल्ला ले रातभर घर बाहिर जाग्राम बसेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुगुले अफवाह र हल्लाको पछि नलाग्न आग्रह गरेको डिएसपी सुवास हमालले बताए ।