FLASH NEWS

सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री


नेपाल आवाज १६ माघ २०७९, सोमबार १३:०० मा प्रकाशित २०७१ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदको सपना पूरा गर्न सबै एकजुट हुनु पर्नेमा जोड दिएका छन् ।


सहिद दिवसको अवसरमा सोमबबार लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै  प्रधानमन्त्री प्रचण्डले सहिदको सपना पूरा गर्न सबै एकजुट हुनु पर्नेमा जोड दिएका हुन् ।

सहिदहरू को त्याग र बलिदान बाटै संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताउँदै उनले सहिदहरू को सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति का लागि सबै एक जुट हुनु पर्ने बताएका हुन् ।

देशको र जनताको निम्ति प्राण आहुति गर्ने सहिदहरू अमर र अजर रहने भन्दै प्रधानमन्त्री प्रचण्डले माघ १६ गतेलाई औपचारिक समारोहमा मात्र सीमित गर्न नहुने बताए ।