आज: | Mon, 05, Jun, 2023
FLASH NEWS

आजको मौसमः यी स्थानमा वर्षा, हिमाली भु–भागमा हिउँ पर्ने


नेपाल आवाज १७ माघ २०७९, मंगलवार ०६:५५ मा प्रकाशित १०५७ पाठक संख्या

देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र लुम्बिनी प्रदेश का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरु मा हल्का हिमपात को सम्भावना रहेको सो महाशाखाले जनाएको छ ।

उता रातको समयमा भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि सामान्यतया  मौसम सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरु मा हल्का हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाको भनाई छ ।