FLASH NEWS

सांसद अरुणकुमार चौधरी पक्राउ


नेपाल आवाज १९ माघ २०७९, बिहीबार १६:१९ मा प्रकाशित १३८१ पाठक संख्या

बाँके । प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट उनी निर्वाचित भएका हुन् ।  जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।