FLASH NEWS

स्वतन्त्र पार्टीले समर्थन फिर्ता नलिनेमा प्रधानमन्त्री विश्वस्त


नेपाल आवाज १९ माघ २०७९, बिहीबार १८:०७ मा प्रकाशित १३३९ पाठक संख्या

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् । स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले समर्थन फिर्ता लिन लागेको हो भनेर सोधेका थिए ।  जवाफमा छोटो पत्रिक्रिया दिदै भने, ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’ सरकारमा बस्ने या नबस्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठक चलिरहदाँ प्रधानमन्त्री प्रचण्डको यस्तो पत्रिक्रिया आएको हो ।