FLASH NEWS

सवारी दुर्घटनामा परे घनश्याम भुसाल


नेपाल आवाज २० माघ २०७९, शुक्रबार १४:४२ मा प्रकाशित १२७९ पाठक संख्या

काठमाडौं । पूर्वमन्त्री घनश्याम भुसाल सवारी दुर्घटनामा परेका छन् । उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।  आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।  नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।


गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित: पोखरा, २० माघ । गण्डकी प्रदेशसभाले दुईवटा अध्यादेश पारित गरेको छ । प्रदेशसभाले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले ल्याएको गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन, सेवाको सर्त र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई सर्वसम्मत पारित गरेको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए ।

प्रदेशसभाको बिहीबार बसेको बैठकले उक्त अध्यादेश पारित गरेको हो । उक्त अध्यादेश पारित गराउन प्रदेशसभाका सत्ता र प्रतिपक्षका सांसदले स्वीकृति दिएका थिए ।