FLASH NEWS

थाहा पाउनुस आजको राशिफल


नेपाल आवाज २१ माघ २०७९, शनिबार ०८:१९ मा प्रकाशित ६७६३ पाठक संख्या

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद नगर्नुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ ।


वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा बढी यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शरुवात गर्नुहोला । आजको दिन शुभ रहेको छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)मिथुन राशिका जातकका लागि आजको दिन शुभ रहेको छ । व्यापार व्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने काममा सफलता मिल्नेछ । आज मिथुन राशिका जातकले नयाँ काम गर्न सक्नुहुनेछ । यात्रा गर्दा पनि सफलता र फलदायी हुनेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा ससाना कुरामा विवाद हुनसक्छ । विवाद हुँदा तपाईका लागि हानी हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)सिहं राशिका जातकका लागि आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । बाल र बृद्ध व्यक्तिलाई केही खानेकुरा दिनु उत्तम हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)आजको दिन त्यति अनुकुल देखिँदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । आजको दिन सकारात्मक सोच राख्नुहोला । या त्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुनेछैन ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ । सोचविचार गरेर काम गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । आजको दिन सोचेअनुसार काम हुनेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा आज सफलता मिल्नेछ । तपाईलाई परेका अप्ठाराका समाधानका बाटा खुल्दै जानेछ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।मकर राशिका जातकले हरेक साता मंगलबार गणेश मन्दिरमा दर्शन गर्नाले ग्रहदोष कम हुँदै जानेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)मीन राशिका जातका लागि मंगलबार सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ ।  चन्द्रमाको साथ रहेको छ । आजको दिन बिहान सूर्योदयको दर्शन गर्नुहोला ।