FLASH NEWS

दुबई पुगेकी नेपाली किशोरी कुवेतमा बि’क्री : यस्तो सम्म काम लगाउने रहेछ,


नेपाल आवाज २१ माघ २०७९, शनिबार ०९:५२ मा प्रकाशित २४८५ पाठक संख्या

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पुयाई बेच’बिखनमा परेकी छिन् । मानव बेच’बिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बि’क्री गरेका थिए ।


बे’चबिखनमा परेकी किशोरी कुवेतमा पु-याई यौ’नजन्य क्रियाकलापसँगै श्रम शो’षणमा परेको सूचनापछि कुवेतमा रहेको नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ ।

मानव बे’चस्बिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवती सँगै अन्य १२ जनाको उद्धारको प्रयास भइरहेको छ । गत मङ्सिर २६ गते भिजिट भिसाबाट दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकमा पु-याई जनही कम्तीमा पाँच लाखमा बि’क्री गरिएको खुलेको छ ।

मानव बे’चबिखनमा संलग्न उदयपुरको उदयपुरगढी गाउँपालिका–२ का लालबहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ का डम्बरबहादुर दर्लामीलाई मानव बे’चबिखन अनुसन्धान ब्युरोले काठमाडौँबाट पसक्राउ गरेको छ ।

उद्धार गरी नेपाल ल्याइएकी युवतीका अनुसार पोर्चुगल र अमेरिकालगायतका मुलुकमा पठाउने भन्दै कुवेतमा पु-याएपछि एक हजार तीन सय कुवेती दिनारमा बिक्री गरिएको थियो । बे’चबिखनमा परेपछि आफूहरूमाथि निरन्तर यौ’नशोषण तथा चर्को श्रम शो”षणमा गरेका छन् ।

पीडित युवतीले कुवेतमा पुगेपछि पाँच जना व्यक्तिले गर्नुपर्ने काम एक्लै गर्न बाध्य पारिएको तथा तोकिएको काम गर्न नसके कुट,पिट हुने गरेको प्रहरीको बयानमा उल्लेख गर्नु भएको छ । उपरीक्षक मल्लले बेचबिखनमा परेका युवतीलाई दैनिक १८ घण्टा सम्म काममा लगाई श्रम शोषण गरेको तथा काम गर्न नसक्ने युवतीलाई चोरीलगायतका आस्रोपमा फसाउने गरिएको बताउनु भयो ।

कुवेतमा रहेका मानव तस्करका गिरोहले पीडितको मोबाइल नियन्त्रणमा लिई फेसबुकलगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्ति सँग अ’श्लील कुराकानी गरी त्यसलाई रेकर्ड गरेर परिवार तथा आफन्तलाई पठाइदिने ध’म्की दिई थप शो,षण गरिएको थियो । यस्ता घटनामा संलग्न फरार अन्य व्यक्तिको खोजी जारी रहेको समेत ब्युरोले जनाएको छ । यो खवर गोरखापत्र दैनिकमा छापिएको छ ।