FLASH NEWS

सरकार बाहिर रहँदा पानीबिनाको माछाजस्तै छट्पटायो कांग्रेस : केपी ओली


नेपाल आवाज २२ माघ २०७९, आईतवार १६:०५ मा प्रकाशित १०८१ पाठक संख्या

काठमाडौं। सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारबाहिर रहँदा पानीबिनाको माछा जस्तै नेपाली कांग्रेस छट्पटाएको बताएका छन् ।  आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार बाहिर रहँदा कांग्रेस पानी बिनाको माछा जस्तै छट्पटाएको बताएका हुन् । संसदमा कांग्रेसले निभाएको भूमिका प्रति आशंका उब्जाएका उनले आफूलाई प्रतिपक्षीको रुपमा कांग्रेसले स्वीकार्नसमेत नसकेको टिप्पणी गरे ।  संविधान जारी भएपछि सातवटा प्रधानमन्त्री बनेको भन्दै उनले विगतजस्तै फेरि राजनीतिक अस्थिरता निम्त्याउन खोजेको आरोप लगाए ।