FLASH NEWS

विचौलियालाई कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग


नेपाल आवाज २२ माघ २०७९, आईतवार १६:१४ मा प्रकाशित १३०३ पाठक संख्या

काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले विचौलियालाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका भन्दै कारबाही गर्न माग गरेका हुन् । ६०० प्रतिशतभन्दा बढी नाफा लिएर विचौलियाको काम गर्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कृषिमन्त्री सँग उनले आग्रह गरे । बैंकले बढाएको अस्वाभाविक ब्याजका कारण साना व्यवसायी आ’त्मह’त्याको बाटो रोज्न थालेको भन्दै उनले यसतर्फ सरकारले हस्तक्षेपकारी नीति लिनुपर्ने बताए ।