FLASH NEWS

पदम अवस्थीको मृत्यु शंकास्पद


नेपाल आवाज २६ माघ २०७९, बिहीबार १३:४३ मा प्रकाशित १२४९ पाठक संख्या

बैतडी  । बैतडीको पाटन नगरपालिका–६ स्थित जवरजल ढ्वानी भिरमा डडेल्धुराका एक युवकको शव १९ माघमा फेला पर्‍याे । शव भेटिएपछि लडेर मृत्यु भएको हुनसक्ने आंकलन गरिएको थियो । मृ’तक डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २० वर्षीय पदम अवस्थी हुन् ।


मृ’तकको खल्तीमा प्रहरीलाई दिन तयार पारिएको निवेदन र १० हजार रकमको चेक भेटिएकाले घटना शंकास्पद देखिन्छ । चेक २३ गतेका लागि काटिएको खुलेको छ भने निवेदनमा उल्लेख भएको कुराबारे प्रहरीले केही बताएको छैन ।

शव फेला परेको एक हप्ता हुन लागेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । मृ’तकको सम्पर्कमा आएका व्यक्तिहरुलाई सोधपुछको काम भइरहेको प्रहरीको भनाइ छ । अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा भने नलिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

उनले भने, ‘मृ’तक पाटन पुगेको दिनदेखि उनको सम्पर्कमा आएका सबैसँग सोधपुछ गरिरहेका छौँ, उनको साथमा भेटिएका केही तथ्य र प्रमाणबारे पनि सुक्ष्म अनुसन्धान भइरहेको छ ।’ पोष्टमार्टम रिर्पाेट प्राप्त भएको र रिर्पाेटको आधारमा अनुसन्धान अघि बढाएको पनि उनले बताए ।

मृतक पाटनस्थित एक होटलमा काम गरेका व्यक्ति हुन् । मृतकका आफन्तका अनुसार उनी १७ माघमा नै आफूले काम गरेको होटलबाट पारिश्रमिक लिन भनी बैतडी आएका थिए । घटना रहस्यमय देखिएकाले निष्पक्ष छानबिन हुनुपर्ने आफन्तको माग रहेको छ । पदमको लडेर मृत्यु भएको नभई कसैले हत्या गरेर फालेको आफन्तको दावी छ ।