FLASH NEWS

काठमाडौंका सवारी ठप्प, आन्दोलनरत मजदुरलाई बार्तामा बोलाईयो


नेपाल आवाज २ फाल्गुन २०७९, मंगलवार ०८:०३ मा प्रकाशित १२३७ पाठक संख्या

काठमाडौं । सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई बार्ता र संबादमा बोलाएको छ ।  बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटना पछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले बार्तामा बोलाएको हो । यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई आज बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बार्तामा बोलाईएको छ । मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प भएका छन । अचानक भएको सबारी ठप्पका कारण हजारौं यात्रुहरु अलपत्र परेका छन् ।