FLASH NEWS

श्रीमतीको ह’त्या आराेपमा श्रीमान पक्राउ


नेपाल आवाज २ फाल्गुन २०७९, मंगलवार १५:०४ मा प्रकाशित १२९७ पाठक संख्या

दैलेख । आफ्नै श्रीमती २७ वर्षीया पार्वती बिसीको ह’त्या गरेको अभियोगमा गुराँस गाउँपालिका-८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्कालाई  प्रहरीले पक्राउ गरेको छ ।


सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्वतीको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्‍त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ: सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका-२ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।