FLASH NEWS

अटो पल्टिदा एक शिशुको मृत्यु


नेपाल आवाज २ फाल्गुन २०७९, मंगलवार १९:३९ मा प्रकाशित १२७९ पाठक संख्या

वीरगञ्ज,  वीरगञ्ज महानगरपालिकामा भएको अटो दुर्घटनामा एक शिशुको ज्यान गएको छ ।


अटो रिक्सा पल्टिएर भएको दुर्घटना मा परेर वीरगञ्ज महानगरपालिका वडा नम्बर १० पानी ट्यांकी बस्ने राजिव कुमार मालीका १८ महिने छोरा रिशव मालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  राजिव पनि घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार दिउँसो ३ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १० टाउनहल नजिकै सडक खण्डमा ना.१ ह ३७४० नम्बर को अटो रिक्सा घुम्तिमा अनियन्त्रित भई पल्टिएको थियो ।

प्रहरीले वीरगञ्ज–१० आदर्शनगर बस्ने ३५ वर्षीय राम सुन्दर दास तत्मालाई नियन्त्रण मा लिएर घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।