FLASH NEWS

नक्कली सवारी चालक अनुमती पत्र बनाउने तीन जना पक्राउ


नेपाल आवाज ३ फाल्गुन २०७९, बुधबार १८:३२ मा प्रकाशित १२९१ पाठक संख्या

काठमाडौंका विभिन्न स्थानबाट नक्कली चालक अनुमती पत्र बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कञ्चन गुरुङलाई काठमाडौंको रामशाहपथ,अनिल राईलाई सामाखुशी र राजन तामाङलाई बालाजु पैयाँटारबाट पक्राउ गरिएको जनाएको हो । उनीहरूलाई आवश्यक कारबारहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।