FLASH NEWS

कलाकार भर्सेस राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल


नेपाल आवाज ३ फाल्गुन २०७९, बुधबार १८:४३ मा प्रकाशित १११७ पाठक संख्या

काठमाडौं । राष्ट्रिय युवा संघले कलाकार भर्सेस राजनीतिकर्मी बीच मैत्रीपूर्ण फुटबलको आयोजना गरेको छ । बुधबार ललिपुरको सातदोबाटोस्थित एन्फा मैदानमा राजनीतिक दलका नेता र कलाकारहरु बीच फुटबल खेलमा प्रतिस्पर्धा भएको हो ।


राजनीतिक नेताहरुको तर्फ बाट एमाले महासचिव शंकर पोखरेलले कप्ताानी गरेका थिए भने कलाकारको पक्ष बाट धिरेन शाक्यले कप्तानी गरेका थिए ।

उक्त खेलमा धिरेन शाक्य, जितु नेपाल, रचना रिमाल सम्मका कलाकारको उपस्थिति थियो भने राजनीतिकर्मी वाट एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका उपस्थित थियो ।

आगमी ११ फागुन देखि हुन लागेको केपी ओली कप राष्ट्रिय च्याम्पियनसीप आयोजनाको पुर्वसन्ध्यामा संघले कलाकार र राजनीतिकर्मी बीच मैत्रीपूर्ण फुटबल खेलाएको हो ।