FLASH NEWS

ग्याँस सिलिन्डर पडकदा सांसद भण्डारी र उनकी आमा गम्भिर घाइते


नेपाल आवाज ४ फाल्गुन २०७९, बिहीबार ०९:५३ मा प्रकाशित १२३७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी ग्याँस सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन् ।


बुद्धनगर निवासमा गए राति ग्यास सिलिण्डर बिस्फोट हुदाँ सांसद भण्डारीसहित उनकी ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छन् । घाइते भण्डारी र उनकी आमाको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालको आइसियुमा उपचार जारी छ ।

चिकित्सकहरू का अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ।

उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो । सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरू ले बताएका छन्।