FLASH NEWS

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची


नेपाल आवाज ५ फाल्गुन २०७९, शुक्रबार ०७:४५ मा प्रकाशित १८७९ पाठक संख्या

भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो ।


जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँ ले घटेर आएको हो ।

यस अघि भारतले मूल्य वृद्धि गरेर नयाँ मूल्य सूची पठाए पछि नेपाल आयल निगमले गत २३ माघमा पेट्रोलियम पदार्थ को मूल्य वृद्धि गरेको थियो ।

पेट्रोल, डिजेल र मट्टितेलमा ३-३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको थियो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको थियो ।