FLASH NEWS

बालाजु बसपार्कको मोबाइल पसल लुटने थप ७ पक्राउ


नेपाल आवाज ५ फाल्गुन २०७९, शुक्रबार ०८:०६ मा प्रकाशित १६५७ पाठक संख्या

काठमाडौं ।  नयाँ बसपार्कस्थित ल्त्सोको मोबाइल पसलमा  तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।


नेपाल प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २३ वर्षका रोजन डंगोल, ३० वर्षका रितेश बस्नेत, ३० वर्षका एमन राई ३० वर्षका सुजन तामाङ, २३ वर्षका सुवास अधिकारी र १९ वर्षकी जोना चौधरी  छन् ।

जिल्ला प्रहरी परिसर, टेकुका अनुसार पक्राउ परेकाहरु वाट मोबाइल, एयरफोन, यूएसबी केबललगायतका सामाग्री बरामद गरिएको छ । सिसिटिभीको बिश्लेषण गरेर उनीहरु लाई पक्राउ गरिएको हो  । चोरी तथा डाँका कसुरमा मुद्धा चलाईएको उनीहरु लाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अदालतबाट अनुमति लिइ सकिएको छ ।