FLASH NEWS

पशुपतिनाथमा बिशेष पुजा गर्न अब ७ हजार ५ सय र १५ हजार १ सय शुल्क निर्धारण


नेपाल आवाज ६ फाल्गुन २०७९, शनिबार ०८:२१ मा प्रकाशित १३८७ पाठक संख्या

काठमाडौं, ६ फागुन । पशुपतिनाथको बिशेष पुजा गर्ने रकममा बढोत्तरी गरिएको छ ।


पशुपति बिकासक्षेत्र कोष, सञ्चालक परिषद, देउउद्यानज गौशालाले आज जारी गरेका सुचना अनुसार पराम्परागत पुजा र बिशेष पुजाको शुल्क बढोत्तरी गरिएको हो ।

गत असार ८ गते बसेको सञ्चालक परिषदको बैठकको निर्णयानुसार शुल्क परिमार्जन गरि बढोत्तरी गरिएको कोषले जनाएको छ । ‘भगवान श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरुवाट पराम्परागत रुपमा नै गरिनेृ रु ५,१००/- र रु ११,०००/- को बिशेष पुजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गते को सञ्चालक परिषदको बैठकको निर्णयले उक्त पुजा रकमलाई क्रमशः ७५००/- र १५,१००/- हुने गरी परिमार्जन गरिएको छ’ आज जारी  सार्वजकि सुचनामा भनिएको छ ।

बिशेष प्रकृतिको पुजा लागि शुल्क लिदाँ ब्यवस्थापनमा सहज हुनुको साथै पावन पशुपत क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नसमेत यसले सघाऊ पुगाउने कोषले बिश्वास लिएको छ ।