FLASH NEWS

सुन किन्नु हुदैछ, आज यस्तो छ सुनको भाउ


नेपाल आवाज १० फाल्गुन २०७९, बुधबार ११:३७ मा प्रकाशित १४५३ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।


बुधबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार स्थिर रहेको  हाे ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो।