FLASH NEWS

सन्दीप लामिछानेलाई युएई लैजान राखेपलाई क्यानको पत्राचार


नेपाल आवाज १० फाल्गुन २०७९, बुधबार १६:२० मा प्रकाशित १४५३ पाठक संख्या

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने श्रृंखलामा सन्दीप लामिछाने लाई सहभागी गराउन पहल थालेको छ ।


घरेलु मैदान मा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने लाई युएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको छ ।

ब’लात्कारको अभियोग मा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने लाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा लगाइएको सर्तले देश बाहिर जान पाउने छैनन् । तर, कानुनी बाधा हटाएर उनलाई युएई मा लैजान क्यान ले पहल थालेको हो ।

क्यानले राखेप लाई लेखेको पत्रमा लामिछाने लाई राष्ट्रिय टिमबाट विदेश भ्रमणका लागि अदालत सँग अनुमति माग्न आग्रह गरिएको छ ।